[:en]SEE (Secondary Education Examination) has commenced [:ne]एसईई परीक्षा शुरु[:]

[:en]

The Secondary Education Exam (SEE) has commenced for the first time in Nepal. Unlike in the past, as the final examination of Class 10, the Secondary Leaving Certificate Examination (SLC) has been replaced as Secondary Education Exam (SEE) and the well-known +2 is now renamed School Leaving Certificate (SLC).

As per the Revised Education Policy, Secondary Level is regarded up to class 12 and Class 10 examination is named as Secondary Education Exam (SEE). SEE has started applying the similar SLC forms and formats from today. This year, there is the total of 5 Lakhs 38 thousand SEE examinees including the regular, partial and exempted students. Likewise, 3 thousand 7 hundred and 3 were technical candidates.

The board has notified that the system has adequate numbers of personnel to effectively conduct the SEE examination. “There are 18 supervision teams under the leadership of Assistant Secretary of Education Ministry for the supervision of the examination”: Examination Controller Ambika Prasad Regmi.

(Source: Agency)

[:ne]

नेपालमा पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ | विगत वर्षहरुमा कक्षा १० को अन्तिम परीक्षाको रुपमा सञ्चालन हुने प्रवेशिक परीक्षा (एसएलसी) हटाएर पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भएको छ |

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तहकायम भएपछि कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (सेकेण्डरी एजुकेसन एक्जाम) (एसईई) नामकरण गरिएको छ | तर पुरानै एसएलसीको शैली, नियमावली, निर्देशिकाको आधारमा परीक्षा शुरु भएको हो | शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले क्षेत्रीयस्तरमा परीक्षा गर्ने उल्लेख भए पनि बोर्डका क्षेत्रीयस्तरका स्थायी संरचना नबनेका कारण केन्द्रीयस्तरमै परीक्षा सञ्चालन हुन लागेको हो । पहिलेको उच्च माध्यमिक शिक्षा परिषद्का जिल्लास्थित कार्यालयलाई परीक्षा बोर्डका रूपमा स्थापित गरे पनि पूरै संरचना भने तयार नभएको अवस्थामा एसएलसीका नामबाट सञ्चालन हुने कक्षा १० को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले दिएको अधिकार प्रयोग गरी साबिकको परीक्षा नियन्त्रण कार्यालयले गर्न लागेको हो ।

एईई परीक्षा मर्यादिद, भयरहित, शान्तिपूर्ण रुपमा सम्पन्नको निम्ति देशभरि १ हजार ९ सय २३ परीक्षा केन्द्र त्यति नै संख्यामा केन्द्राध्यक्ष, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५ सय ९१ जनशक्ति परीक्षामा खटाइएको साथसाथै परीक्षा अनुगमनका निम्ति शिक्षा मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली जसमा क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा परीक्षा समन्वय समितिको अनुगमन टोली रहने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । (स्रोत: एजेन्सी)

[:]