[:en]The New Grading System in Nepal[:ne]ग्रेडीङ प्रणालीका सकारात्मक प्रभाव [:]

[:en]After the implementation of the grading system, there were a lot of conversations that sided with either of the two systems i.e. those who opposed and those who didn’t. While the expert on the field side with the change. According to the related implementation organization, this change will ensure more educational participation. In the year 2073, from 5.88 lakhs students, 1.85 lakhs students received in two subjects grade D and E. 80% of those were able to continue their academics in grade 11, and the rest got the chance to better their grade(which was not a possibility in earlier years). Last year,  around 3.69 lakhs got admitted in grade 11 whereas this year the number increased to 5.5 lakhs. While at the same time, in the technical area, over 50,000 students got admission. It was brought to notice that the increasing number of student enrollment has not caused any issue in the process. This grading system also saw the rise in the number of Sanskrit students receiving enrollment in grade 11 which was depleting in the older system. (Source: अक्षराङ्कन पद्दतिको कार्यान्वयन समितिको सुझाव प्रतिवेदन, २०७३)[:ne]

२०७२ सालको एसएलसी परीक्षाको ग्रेड प्रणालीको बारेमा धेरैले सकारात्मक र नकारात्मक टिका टिप्पणी गरेका थिए | अक्षराङ्कन पद्दतिको कार्यान्वयन समितिको सुझाव प्रतिवेदनको अवस्था अध्ययन अनुसार एसएलसी अक्षराङ्कन पद्दति लागु भएपछि अघिल्लो वर्षहरुको तुलनामा धेरै विद्यार्थीहरुले अध्ययनको अवसर प्राप्त गरेका उल्लेख गरेको छ |

एसएलसी परीक्षा २०७२ मा ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सामेल भएका मध्ये २ विषयमा डी र ई ग्रेड प्राप्त गरेका १ लाख ८५ हजार ५ सय ६४ जनाले ग्रेड वृद्धिको अवसर प्राप्त गरे भने यी मध्ये करिव ८० प्रतिशतले कक्षा ११ मा विभिन्न विषय समुहमा भर्ना भै अध्ययन गर्ने अवसर प्राप्त गरेका छन | गत वर्ष ३ लाख ६९ हजार ४ सय २६ जना विद्यार्थीहरु कक्षा ११ मा भर्ना भएका थिए भने यस वर्ष ५ लाख ५० हजार कक्षामा भर्ना हुन योग्य रहेको देखियो | यसरी गत वर्षको तुलनामा यो संख्या करिव ३३ प्रतिशतले बढी देखिन्छ | प्राविधिक तथा व्यावसायिक तालिम परिषद अन्तर्गत करिव ५० हजारले अध्ययनको अवसर प्राप्त गरेको पाईयो |

त्यस्तै गरी +२ ग्रेडीङका सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र विभिन्न क्याम्पस प्रशासन, प्रधानाध्यापक र शिक्षकहरु संगको अन्तरक्रियामा खासै कुनैपनि किसिमको समस्या र दुविधा नभएको कुरा अवगत गराउनु भयो | श्री संस्कृत माध्यमिक विद्यालय, मत्छारी रौतहटका प्रधानाध्यापक श्री प्रवाशकुमार ठाकुरले संस्कृत विषय लिई एसएलसी पुरा गरेका विद्यार्थीहरुको भर्ना अवसर अरु विषयको तुलनामा कम रहेकाले आगामी दिनमा फराकिलो बनाउन सके उचित हुने कुरा व्यक्त गर्नु भयो भने कतिपय विद्यालयहरुले भर्नाको आधार बारे समयमै सूसुचित हुन नसकेकाले आगामी दिनमा समयमै अभिमुखिकरणको आवश्यकता औल्याए |

(स्रोत: अक्षराङ्कन पद्दतिको कार्यान्वयन समितिको सुझाव प्रतिवेदन, २०७३)

[:]