[:en]
We are hearing about online education frequently. This time we are going to give detail information about this education. Most of us think that there is a certain age for studying and then holding this one career. To learn something online opens the range of topics and for sure time to learn. It is the platform for autodidact and self-organized people. Whereas, social activist Miss Radha Poudel is the best example. Social worker, author, and activist Miss. RadhaPoudel very actively involved in the work of CDN. She was award winner of Madan Puraskar 2014, Nepal's 75 Women Leaders 2016, Social Work Award 2013. She completed her Master in Development Management at Asian Institute of Management (MDM), Master in Arts (MA), Master in Education (M.ed) and Bachelor in Nursing (BN) in regular basis college. As she is now studying different online courses we are going to share her experience about online education.
What is Online Education?
Online education is the fastest growing way of learning by using technology, where students and instructor interact via internet application, telephone and computer without leaving their own residence. There are free and paid online education, some of them are run by the affiliated university and provides grades and certificates. Radha Poudel has done several online courses to enhance her knowledge and skills related to her career. She is satisfied with its convenient fees, time and choice of given subjects. She recommends others to try the open space with a variety of choices to develop one's skills and capacity.
How are online courses different from in-class courses?
Both online and in-class university and college have the same goal to provide students a quality education. The key different between online and in-class courses is the internet-based learning process, that means all exams, lectures and much of reading in online classes are done on the web. Similarly, instructors and students are not in the same place. Online classes provide more flexibility than do in class courses for purpose of giving more convenience for the learner.
How could Nepalese people benefit from online education?
While studying abroad is increasing in Nepal, the biggest advantage of online education is to find the desired subject online which is unavailable here. Online education minimizes the gap to receive the quality education for everyone – no matter where they live. One can enroll online education from different background and environments. So, it is a big platform for all students, teachers and not forgetting people with different abilities. Nowadays, more colleges and universities are offering online education in a variety of courses and user-friendly designed. The flexible schedule and one can do any interesting courses, in their favorite time, place and posture, are big benefits. Online education also develops technical skills by using different internet applications to accomplished given assignments.
According to social activist RadhaPoudel: “Sometimes, internet connectivity and languages could be the challenge for Nepalese people. We could benefit from its providing features, convenient time, a variety of option, and affordable fees.”
What could be requirements for online courses?
Most of the requirements of online education are similar to regular University or College. First and for most requirements of online learning, is internet access. Most of the online courses are designed user-friendly but one most need the basic computer skills. Online education itself flexible, it depends on how you managing a time for accomplished given assignments and questions and answers floor. Here are some links you can check out for online education. (http://odectu.edu.np/index.php/tribhuvan-university-2/ or www.ica.edu.np)
Summing it up, all kind of learning process has its own benefits. First of all, each individual needs to have the motivation to learn. Before you choose any educational path, think about general questions like what is the most important thing you want to develop in your life? How your intended subject can help you to reach your interested career goal? After answering these questions - go for it. Where ever and whatever you choose to study the most important is, that you work hard for it.
[:ne]
हामीले अनलाईन शिक्षाको बारेमा चर्चा सुन्दै आएका छौ | यस विषयमा विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले यो लेख लेखेका छौ | प्राय, हाम्रो समाजमा निश्चित उमेरसम्ममा शिक्षा हासिल गरि सम्बन्धित पेशामा आवद्ध हुनुपर्दछ भन्ने मान्यता पाइन्छ | अनलाईन शिक्षा आफ्नो व्यक्तित्व विकास गर्न चाहने व्यक्तिको लागि एउटा खुल्ला मञ्च हो, जहाँ आफुलाई अनुकुल समय, उमेर, इच्छा अनुसारको विषयमा अध्ययन गर्न सकिन्छ | शिक्षा निरन्तर रूपमा जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । अनलाईन शिक्षा पनि हाम्रो लागि सिकाईको अवसर हो, यसको ज्वलन्त उदाहरणको रुपमा एक सामाजिक कार्यकर्ता “राधा पौडेललाई” लिन सकिन्छ | मदन पुरस्कार (ई.स २०१४), र अन्य सामाजिक पुरस्कारहरु द्धारा सम्मानित श्री राधा पौडेलले नियमित कलेजमा नर्सिङ विषयमा स्नातक, शिक्षा, मानविकी र अन्य विषयमा स्नाकोत्तर गरिसक्नुभएको छ साथै विभिन्न सामाजिक विषयहरुमा अझ बढी ज्ञान हासिल गर्नको लागि अनलाईन शिक्षा पनि लिइरहनु भएको छ | अनलाईन शिक्षाको माध्यमबाट उहाँले सामाजिक दर्शन, सामाजिक चुनौती र त्यसका अवसरहरुको बारेमा थप ज्ञान हासिल गर्नुभएको जानकारी दिनुभयो | अनलाईन कोर्सले आफु आबद्ध करियर(वृति) विकासमा ज्ञान र सिप अभिबृद्धि गर्न मद्दत पुगेको, यी कोर्सहरु उचित शुल्क, समय र विषयको छनोट गर्न पाएकोमा सन्तुष्ट भएको बताउनुहुन्छ | उहाँले अनलाईन कोर्सहरुको भरपुर फाइदा उठाई आफ्नो करियरमा सिप र क्षमताको विकास गर्न सबैलाई सल्लाह दिन चाहनुहुन्छ |
अनलाईन शिक्षा
निश्चित समय तालिका र विषयवस्तुमा, विद्यार्थी र शिक्षकहरुले आफुलाई उपयुक्त हुने स्थान बाटै, विभिन्न प्रविधिहरु, इन्टरनेट एप्लिकेसन, टेलिफोन र कम्प्युटरको प्रयोग बाट गरिने अध्ययन/अध्यापन अनलाईन शिक्षा हो | कुनै अनलाईन शिक्षाहरु विश्वविद्यालयमा सम्बन्धन प्राप्त विषयहरु हुन्छन् र अन्त्यमा शैक्षिक प्रमाणपत्र पनि प्रदान गर्दछन् | यी कोर्सहरु निशुल्क वा विषयअनुसार शुल्क सहितका हुन्छन् |
नियमित कोर्सहरुको जस्तै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य भएको अनलाईन कोर्समा सिकाई प्रक्रिया शिक्षक र विद्यार्थीहरुविच प्रतक्ष्य अन्तरक्रियाबाट नभई इन्टरनेट एप्लिकेशनहरुको माध्यमबाट सिकाई हुने गर्दछ | अनलाईन शिक्षामा कक्षा संचालन, शिक्षकको निर्देशन, गृहकार्य तथा अन्य अभ्यासहरु प्राय इन्टरनेटमानै पुरा गरिन्छ | त्यस्तैगरी विद्यार्थी र शिक्षक निश्चित ठाउँको आधारमा नभई क्षमता र इच्छाको आधारमा आवद्ध हुने गर्दछन् | नियमित कोर्षको दाजोमा अनलाईन शिक्षामा आफैमा लचकदार हुनुको साथै प्राय शुल्कपनि महँगो हुदैन |
नेपालीहरुले अनलाईन शिक्षाबाट लिन सक्ने फाइदाहरु
अध्यन गर्नको लागि वैदेशिक यात्रा बढ्दो क्रममा रहेको नेपालको परिस्थितिमा अनलाईन शिक्षाबाट नेपालीहरु बढी लाभान्वित हुन सक्छन् | सबैभन्दा प्रमुख फाईदा भनेको आफुले चाहेको तर नेपालमा उपलब्ध नभएका विषयहरुको अध्ययन आफ्नो घर परिवार, वासस्थान नछोडीकन पढ्न पाउनु हो | अनलाईन शिक्षाले भौगोलिक कठिनता र गुणस्तरीय शिक्षा बिचको दुरीलाई छोटो बनाउने वातावरण सिर्जना गर्दछ | जो कोहि, जस्तो सुकै वातावरण तथा सांस्कृतिक पृष्ठभूमिको भएपनि, जहाँ कहिँ रहेर पनि, अनलाईन शिक्षा लिन सक्दछन् | त्यसैले लचकदार समय तालिका, विविध कोर्षहरु भएको अनलाईन शिक्षा, बाह्य कुराहरु, राजनीति, ट्राफिक जाम, यातायात तथा संचार जस्ता झन्झटमा पर्न नचाहने, परिवर्तित मौसम बाट प्रभावित हुने, विश्वविद्यालयको वातावरणमा घुलमिल हुन नसक्ने, शारीरिक तथा व्यक्तिगत समस्या भएका र कार्य व्यस्तताको कारण नियमित कलेजमा अध्ययन गर्ने समयको अभाव भएकाहरुलाई अनलाईन शिक्षा उपयुक्त हुन्छ | सम्पूर्ण अनलाईन शिक्षा प्रयोगकर्तालाई मध्यनजर गरेर अनलाईन शिक्षाको डिजाइन गरेको छ | अनलाईन शिक्षाको अर्को फाईदा भनेको सम्पूर्ण सिकाई क्रियाकलापहरु इन्टरनेट एप्लिकेसनमार्फत हुने हुनाले प्राविधिक सिपको पनि विकास हुन्छ |
सामाजिक कार्यकर्ता राधाको अनुसार “कहिलेकाँही इन्टरनेट कनेक्सन र भाषा, नेपालीहरुको लागि चुनौतीपूर्ण हुन सक्छ तर यसको दाजोमा अनलाईन शिक्षा बाट लिन सकिने फाईदाहरु ज्यादा छन् |”
अनलाईन कोर्ष लिनको लागि आवश्यकताहरु
प्राय गरेर अनलाईन शिक्षालाई पनि नियमित कलेजको जस्तै शैक्षिक सामग्रीहरुको आवश्यकता पर्दछ | अनलाईन शिक्षालाई सबैभन्दा महत्वपूर्ण र अति आवश्यक कुरा बनेको इन्टरनेट सुविधा हो | प्राय गरेर अनलाईन शिक्षाहरुको प्रयोगकर्ताहरुको अनुकुलताको आधारमा डिजाइन गरिएको हुन्छ तर पनि विद्यार्थीमा आधारभूत कम्प्युटर शिप भने हुनुपर्दछ | यो शिक्षा आफैमा लचकदार छ तर पनि अध्यनललाई प्रभावकारी बनाउन तपाईले गृहकार्य समापन गर्नको लागि दिएको समय, तपाईको अन्तरक्रियात्मक क्रियाकलापमा सहभागीतामा निर्भर रहन्छ | तपाईले अनलाईन शिक्षा प्रदान गर्ने यो लिंकहरु क्लिक गर्न सक्नुहुन्छ | (http://odectu.edu.np/index.php/tribhuvan-university-2/ or www.ica.edu.np)
निष्कर्षमा, शिक्षा नियमित कलेज बाट लिएको होस् या अनलाईनबाट सिकाई सदैव फाईदाजनक नै हुन्छ | सबैभन्दा पहिला त व्यक्तिमा अध्यन गर्न चाहने प्रेरणाको आवश्यकता पर्दछ | कुनैपनि शैक्षिक बाटो रोज्नु पुर्व आफैलाई केही प्रश्नहरु गर्नुहोस्, मेरो व्यक्तिगत विकासको लागि सबै भन्दा महत्वपूर्ण कुरा के हुन सक्छ? ... मेरो कुन क्षमताको विकास गर्न चाहन्छु?... मैले रोजेको विषयले मेरो जीवनमा के अर्थ राख्दछ ?... मैले रोजेको करियरलाई कसरि सहयोग गर्दछ? ... जस्ता सामान्य प्रश्नहरुको उत्तर आफैमा खोज्नुहोस जसले तपाईको लक्ष्य प्राप्त गर्न सहयोग गर्दछ | यी प्रश्नहरुको उत्तर पाए पछी तपाईले चाहेको विषयमा अध्यन गर्नुहोस् | जुन विषय र कलेजको प्रकार रोजे पनि सफलता हासिल गर्नको लागि तपाईको निरन्तर प्रयास अत्यावश्यक हुन्छ |
[:]