[:en]
“The job of a nurse involves consistently seeing the suffering of others, emphasizing with their pain and trying to find a way to ease it.”
- Radha Paudel
Nursing is a profession within the health care sector focused on the care of individuals, families, and communities so they may attain, maintain, or recover optimal health. Nurses may help coordinate the patient care performed by other members of an interdisciplinary healthcare team. Nursing jobs require not only treating patients who are sick and injured but also offering advice and emotional support to patients and their families, taking care of paperwork, helping doctors diagnose patients and providing advice and follow-up care.
The entry Salary/Income is between 10000 Rs and 15000 Rs.
Her priority objectives will be:
- Supervising medication
- Administrate the health records of the patient.
- Changing.
This is the most important condition to reaching it:
- Inaccessible for Boys
- is very stressful
- requires a good hearing ability
- requires a good vision
- requires permanent customer relation
- requires shift work
- requires physical stamina
- requires good teamwork
- required to maintain patients confidentiality at all time
- required good communication skill
- required good interpersonal skill
- required interest in medicine
Ideal qualities to be Nurse
Sociability, Outgoing: If you prefer to interact with many different people, but you are capable of working by yourself if necessary. You are suitable for this job.
Work activities, mental & physical: If you are equally comfortable with mental or physical work, without any particular preference for either.
Style of Working, rather applying: If you often prefer to implement given solutions and plans somebody made then this job is suitable for you.
Flexibility, very high: If you prefer to have a constantly changing work routine with only a few things or nothing being the same every day.
Value orientation, only idealistic: If you believe that your work must have meaning behind it, without any material importance.
The sense of Duty, very high: If you often feel personally responsible for your work. You are careful when doing your work and you like to do your best.
Action orientated, very high: If you prefer to take the initiative in your work and to be proactive. You would rather not wait for your work to come to you.
Sensitivity, very high: If you have a high degree of sensitivity, and you are easily capable of recognizing emotional situations. Nurse Job is one of them where your sensitivity will be put to good use, such as working with patients.
Ability to Socialize, very high: If you are comfortable meeting new people. You have no problem socializing and interacting with different kinds of people, and finding things to talk about. A nurse is the one job where you can work with and meet many kinds of people.
Team oriented, very high: It is easy for you to cooperate and collaborate with others. You enjoy working with a team on tasks and projects. Nurse job takes place where you will be required to work with a team to perform tasks.
Emotional Stability, very high: If you do not distracted by seeing the patients suffering and you do not allow your personal problems to come into conflict with your work. A Nurse could be one option to utilize your emotional stability.
If you have above qualities then there is more option to be a Nurse:
Before decided to choose a nursing occupation, answers few questions yourself, do I really interested in working with patients?... do I really enjoy to using medical equipment and system?... if you think you really made for help other, kind hearted and physical stamina then go ahead. Here are 3 different educations available for Nursing in Nepal:
The TSLC (Technical School Leaving Certificate) in Nursing offers a basic education, which can be useful for aspiring nurses in the rural areas, to catch up with the essential information needed in a short amount of time.
The diploma in nursing has very practical approaches and is recommended for everybody, who wants to work with a good balance of theoretical knowledge and practical skills.
The bachelor in nursing is an academic education and recommended for nurses, who consider working later in a more administrative position or in the health sector in general. More information: https://jobedudb.careerdishanepal.org/jobs/jobdetails/HE001
[:ne]
“निरन्तर रुपमा अरुको दुखाई, पिडालाई कम गर्न र उनीहरुलाई सामन्य अवस्थामा पुर्याउन संलग्न हुने व्यक्ति नर्स हुन् |”
-राधा पौडेल
कुनै पनि व्यक्ति, परिवार, र समुदायमा केन्द्रित भइ सुधारात्मक स्वास्थ्यलाभको लागि सहभागी हुने, विरामीलाई सहि अवस्थामा राख्न डाक्टरको सल्लाह अनुसार विरामीको औषधि उपचार, रेखदेख गर्ने व्यक्तिलाई नर्स भनिन्छ | विमारिको हेरचाहमा खटिएका स्वास्थ्य सेवा सम्बन्धित् समुह (डक्टर र अन्य कर्मचारी)लाई नर्सहरुले संयोजन तथा सहयोग गर्ने गर्दछन् |
नर्स पेशाको लागि आवश्यक पर्ने प्रमुख विशेषताहरु निम्न लिखित रहेका छन् |
- धेरै तनावपूर्ण
- तृष्ण श्रवण क्षमता
- तृष्ण दृष्टि क्षमता
- शारीरिक रुपमा सक्षम
- विरामीको राम्रो हेरचाह गर्न सक्ने र समभावको क्षमता
- समय अनुकुल लचकता हुन सक्ने क्षमता
- सामुहिकरुपमा काम गर्न सक्ने क्षमता
- विरामीहरुको गोपनीयता कायम गर्न सक्ने क्षमता
- संचार गर्न सक्ने क्षमता
- चिकित्सा क्षेत्र सम्बन्धि ज्ञान भएको
यो पेशाको आवश्यक प्रमुख विशेषताहरु निम्न छन् |
समयमा लचकता, धेरै - यो पेशा नियमित रुपमा एकै समयमा हुदैन र प्राय दैनिक कार्य तालिका परिवर्तन भईरहन्छ |
मूल्य अभिमुखीकरण, आदर्शवादी- यो पेशा सहयोगी र समभावको भावना भएका व्यक्तिको लागि उपयुक्त हुन्छ | यदि तपाई दयालु भावनाको हुनुहुन्छ र अरुलाई सहयोग गर्दा आत्म सन्तुष्टि मिल्छ भने तपाईको लागि शिक्षण कार्य र सामाजिक सेवा जस्तै यो पेशा पनि उपयुक्त हुन्छ |
सटिकता, अति धेरै- यदि तपाईले लिनुभएको जिम्मेवारीहरुलाई उपयुक्त समयमा होसियार पुर्वक पालना गर्नसक्नु हुन्छ भने तपाईको लागि यो पेशा उपयुक्त छ | यो पेशामा तपाईलाई विरामी तथा वृद्धको चिकित्सा र हेरचाह सम्बन्धि जिम्वेवारी दिएको हुन्छ | जहाँ आफ्नो कार्यकुशलता प्रस्तुत गर्न सक्नुहुन्छ |
कार्य उन्मुखता, अति धेरै- यदि तपाईमा कुनैपनि काम परनिर्भर नभईकन सक्रिय र अग्रसर भएर आपत कालिन समयमा समाल्न सक्ने क्षमता छ भने यो पेशा तपाईको लागि उपुक्त छ |
संवेदनशिलता, अति धेरै- यदि तपाईको व्यक्तित्व संवेदनशिल छ र अरुको भावनालाई सजिलै बुझ्न सक्नुहुन्छ भने यो पेशामा तपाईमा भएको व्यक्तित्व उपयुक्त छ |
समुहगत कार्य उन्मुखतता, धेरै- यदि तपाई समुहमा सजिलै घुलमिल भई मिलिजुली काम गर्न सक्ने क्षमता छ र यसरी काम गर्दा तपाईलाई रमाईलो लाग्नुको साथै राम्रो प्रतिफल आएको महशुस हुन्छ भने सामुहिक कार्यलाई प्राथमिकता दिने नर्स पेशा अपनाउन सक्नुहुन्छ ।
भावनात्मक स्थिरता: दैनिक रुपमा विभिन्न रोगहरु बाट पीडित रोगीहरुको हेरचाह, स्याहार, र स्वास्थ्य उपचार गर्नु पर्ने हुदा बिमारीको पिडा देखेर समभाव देखाउन सक्ने क्षमता भएका साथै व्यक्तिगत तथा घरायसी समस्याको बाबजुद पनि कामलाई निरन्तरता दिन सक्ने क्षमता भएका व्यक्तिहरुको लागि यो पेशा उपयुक्त हुन्छ |
यदि तपाईको व्यक्तित्व नर्स पेशामा आवश्यक पर्ने विशेषताहरु संग मेल खान्छ भने नर्स पेशा पनि एउटा पेशागत विकल्प बन्न सक्छ | नर्स बन्नको लागि विभिन्न शैक्षिक विकल्पहरु अपनाउन सक्नुहुन्छ तर पेशागत निर्णय गर्नु पुर्व पेशागत सन्तुष्टि र सफलताको लागि स्वयंलाई केही प्रश्न गर्नुहोस् : के मलाई विमारी, केटाकेटी र बुढाबुढीसंग काम गर्न मन पर्छ?... के मैले चिकित्सा सम्बन्धि उपकरणहरु प्रयोग गर्दा सहज महशुस गर्दछु?... यदि तपाईको जवाफ सकारात्मक छ भने नर्स बन्ने शैक्षिक विकल्पहरु मध्ये एक रोज्न सक्नुहुन्छ |
नेपालमा नर्स पेशामा प्रवेश गर्नको लागि ३ किसिमको तह निर्धारण गरिएको छ |
TSLC तह: यो तहमा नर्सिङसंग सम्बन्धित आधारभुत शिक्षा र ग्रामीण क्षेत्रमा स्वास्थ्य सँग सम्बन्धित ज्ञानहरु प्रदान गरिन्छ | यो तहको अध्ययनको लागि कम्तिमा एस. ई.ई पास पास हुनु पर्नेछ | यो तहमा सुडेनी, स्वास्थ्य स्वयम् सेवक, आदि पर्दछन् |
डिप्लोमा तह: यो तह नर्सिङसंग सम्बन्धित व्यावहारिक र सैद्धान्तिक ज्ञानको समिश्रण हो | यसमा विद्यार्थीहरुलाई पेशागत रुपमा नर्सिङ पेशालाई आत्मसात गर्दै पेशासंग सम्बन्धित सम्पूर्ण ज्ञानहरु प्रदान गरिन्छ | यो तह पछी विद्यार्थीहरुले सोझै रोजगार बजारमा प्रवेश गर्न पाउछन् | यो तहको अध्ययनको लागि कम्तिमा एस. एल. सी मा सि ग्रेड गणित, अंग्रेजी र विज्ञान विषयमा हुनुपर्दछ |
स्नातक तह: यो तहको मुख्य उद्देश्य स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य संस्थामा नेतृत्वदायी भूमिकाको रुपमा संस्थाको सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो | नर्सिङमा स्नातक पछी विभिन्न विज्ञान तथा स्वास्थ्यसँग सम्बन्धित विषय वा क्षेत्रहरुमा अनुसन्धान, खोजमा सक्रिय संलग्न भई कार्य गर्ने अवसर मिल्ने छ | साथै नर्सिङ क्षेत्रको अध्यापनको निम्ति पनि नर्सिङ स्नातकको आवश्यक पर्दछ | यो तहको शिक्षाको लागि कम्तिमा +२ जीव विज्ञान गरेको हुनुपर्ने साथै डिप्लोमा नर्सिंग गरेर सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव बटुले पछी पनि स्नातक तह गर्न सकिन्छ |
विस्तृत जानकारीको लागि: https://jobedudb.careerdishanepal.org/jobs/jobdetails/HE001
[:]