Month: August 2017
[:en]Empowering Nepali Girls through IT[:ne]नेपाली महिला शसक्तिकरणको लागि आइटी[:]
In our work at CDN we always meet impressive people. One of them we would like to mention in special. Miss. Binita Shrestha, Founder of Science Technology Engineering and Math (STEM) has been involved in the “Information, Communication and Technology Skills and Education” program. She was the second award winner at Presentation Compaction conducted by Nepal Telecommunication Authority on International Girls in ICT day 2015 and also been the title winner of “Empower 2015” as “Young Aspiring Women Leaders”. This article tells about her personal experience on her way to a successful female personality in IT. She always fights against the pre-existing prejudices that IT subjects are just male dominated. Mostly, women tend to choose their career in women-centric branches like nursing, caretaker, housewife or beautician rather than computer/IT based jobs. Our point of view is that your own abilities and interests make your career brighter and successful than just gender-based decisions.
Women in IT
IT (Information Technology) is a growth in the world and is ranked with high income and is considered a high performing field as well. The trend of female percentage of working in technology is few in comparison with other sectors. It can be widely seen that, since men are dominant in IT, there are more product and services that fit men’s requirements. Unfortunately, women have to rely mostly on men to design, process and produces goods that are especially required for women. For example, machinery in modern kitchen can surly be fixed by women because till now women spent most of their time in the kitchen. But even if a woman decides to work in the IT sector, it can be challenging.
Is passion for IT enough to take this challenge?
As we mentioned before, STEM CEO Binita Shrestha’s told us about her personal experience on how she focused her passion for IT and faced the challenge in her own words.
“Few years ago when I joined Computer Science, I was the only girl among 150 students! Imagine how it would feel? It was scary and made me doubt my passion. My uncountable requests to my other female friends to join Computer Science were ignored as just like many others. They thought that the computer field is male dominated. The irony is that today, we live in a world where we have male nurses and nannies, and we are finding the field of computers too manly.”
What can we learn from Binita?
According to Binita Shrestha most of the girls are facing similar kinds of problems as she had in her academic life and use to give up without completing their mission. But Binita comes up with this challenging situation positively. Her desire and ability to be an IT professional couldn’t be restricted. To enhance the girls’ participation in IT is today’s need. To access women participation in technology requires good mentors, workshops and various awareness programs, which influences women to come out from the notion of men’s supremacy in IT.
So in all, we should help women to enhance their ability and use their natural uniqueness in the technical field. For these purposes, some of the academic, non-academic and private education companies provide the education and training to close the gender gap. They offer different STEM workshops and programs and conferences in the IT sector where interested girls can join. STEM is the creative field. So realizing the fact that the girls should be given STEM knowledge from very early age, her team came up with an idea of STEM FOR KIDS project (targets age group 10-16 years) happening every weekend which encourages the young minds towards logic building, problem solving, developing computational thinking and creativity required in the STEM career. We wanted to say, that the role of women in IT is important to improve the female lives and eliminate the existing gender gap in the technology field. IT is a good opportunity for Nepali girls to empowering their lives economically, technically and socially.
[:ne]करियर दिशा नेपालको विभिन्न सँस्था सँगको भेटघाटको क्रममा, विभिन्न प्रेरणादायी व्यक्तित्वहरुलाई भेट्ने अवसर पाएका हुन्छौ | उक्त व्यक्तित्वहरु मध्ये ओमेन इन स्टिमकी सस्थापक, ‘सूचना, संचार, प्रविधि र शिक्षा’ कार्यक्रममा संलग्न भएकी बिनिता श्रेस्ठ पनि एक हुन् | नेपाल दूरसञ्चारले अन्तराष्ट्रिय महिला आईसीटि (ICT) दिवस सन् २०१५ मा राखेको प्रतिष्पर्धा कार्यक्रममा दोश्रो स्थान हासिल गरि पुरस्कृत हुन सफल भएकी विजेता बिनिता ‘इम्पावर २०१५’ मा ‘इच्छुक युवा महिला नेता’ (Young Aspiring Women Leaders) टाइटलमा पुरस्कृत भएकी थिईन | यो लेखले विभिन्न चुनौतीहरुको सामना गरे बावजुद पनि आइटी क्षेत्रमा सफल करियर प्राप्त गरेकी विनिताले भोगेका व्यक्तिगत अनुभवहरु बताउने छ | विनिताले सुरुबाटनै आइटी क्षेत्र पुरुषहरुको लागि मात्र हो भन्ने परम्परागत सोचलाई बदल्न संघर्ष गरिरहेकी छन् | प्राय महिलाहरु कम्प्यूटर तथा आइटी सम्बन्धि पेशा क्षेत्र रोज्नु भन्दा पनि महिला केन्द्रित क्षेत्रहरु बिरामी तथा बालबालिकाहरु हेरचाह गर्ने, नर्सीग तथा घरायसी कामकाज, व्युटिसिएन र सहयोगी जस्ता कामहरु छनोट गरेको पाइन्छ | लिङ्गको आधारमा पेशा क्षेत्र रोज्नु भन्दा पनि इच्छा, चाहना र क्षमताहरुको आधारमा पेशा रोज्दा खेरी सफल र उत्साहित करियर निर्माण गर्न सकिन्छ भन्ने हाम्रो अबधारणा हो |
आईटिमा महिला
आजको युगमा आइटी (सूचना प्रबिधि) विश्वकै उच्च आय श्रोत भएको र एकदमै बढ्दो क्रममा रहेको पेशा क्षेत्र मानिन्छ | तर महिलाहरुको आइटीक्षेत्रमा सहभागिता भने अन्य पेशा क्षेत्रहरुको दाजोमा कम रहेको पाइन्छ | यो पेशा क्षेत्रमा पुरुषहरुको हावी धेरै भएको हुनाले उनीहरुको आवश्यता अनुसारको नै सेवा, सुविधाहरु डिजाइन गरेको पाइन्छ | दुर्भाग्यवस महिलाहरुको लागि अति आवश्यक पर्ने चिजहरु पनि पुरुषहरुको छनोटको आधारमा उपयोग गर्नु परेको छ | उदाहरणको लागि नयाँ भान्छाको समस्याहरु समाधान गर्नु पर्यो भने पुरुषले भन्दा महिलाहरुलेनै सजिलै समाधान गर्न सक्छन किनभने अहिले सम्म पुरुषले भन्दा बढी महिलाहरुले भान्सामा समय विताएका पाइन्छ| तर पनि महिलाहरुकोलागि आईटि क्षेत्रमा काम गर्ने निर्णय लिनु चुनौतीपूर्ण छ |
के आईटि क्षेत्रमा काम गर्ने चाहनाहरुले मात्र यो चुनौतीको सामना गर्न सकिन्छ त?
स्टिमकी सि.ई.व, बिनिता श्रेष्ठले आफ्नो चाहनाको विषय, आइटी पढ्दा खेरि सामना गर्नु परेको चुनौतीहरु, उहाँको आफ्नै शब्दमा |
“केहि वर्ष अगाडि, म कम्प्यूटर साइन्स कक्षामा भर्ना हुदा १५० जना विद्यार्थीहरुमा म मात्र एक छात्रा थिए | के तपाईले कल्पना गर्न सक्नुहुन्छ, मैले त्यो बेला कस्तो महसुस गरेको थिए होला भनेर ? आइटी पढ्ने मेरो सपना पुरा गर्न सक्ने छैन, यो विषय मेरो लागि नभई पुरुषको लागि मात्र रहेछ भन्ने जस्तो आशंका पनि लाग्थ्यो | मैले मेरा धेरै साथीहरुलाई संगै पढ्न प्रोत्साहन पनि गरे तर उनीहरुले मानेन् किनभने अरुमा जस्तै उनीहरुमा पनि आइटी विषय केटा को लागि मात्र हो भन्ने पुरानै धारणा थियो | एक्काईसौं शताब्दिको अवसर भनेको जसले जे काम गरे पनि हुन्छ, पुरुषहरु पनि नर्स र न्यानिज बन्न सक्छन भने कम्प्यूटर क्षेत्र केटाको लागि मात्र हो भन्ने गलत सोचमा हामी रुमलिएका छौ |”
बिनिताबाट हामीले के सिक्ने ?
बिनिताको अनुसार “प्राय महिलाहरुले उनीले शैक्षिक जीवनमा भोगेको जस्तै समस्याहरु सामना गर्नु परिरहेको छ, र आफ्नो सपना त्याग्नु परेको छ |” तर बिनिता भने सम्पूर्ण समस्याहरुको सामना गरेर, सपनालाई अगाडि लगाई, सफलताको शिखर चुमेकी छन् | उनको आइटि पेशेवर बन्ने चाहना र क्षमतालाई कुनैपनि कुराले प्रतिबन्धित गर्न सकेन | आईटि क्षेत्रमा महिलाहरुको सहभागिता बढाउन प्रोत्साहन गराउनु आजको आवश्यकता हो | आइटी क्षेत्रमा महिलाहरुले आफ्नो क्षमताको प्रयोग गर्न सक्दछन् | त्यसैले प्रविधि क्षेत्रमा उनीहरुको प्राकृतिक ज्ञानलाई प्रयोग गर्ने मौका दिनुपर्दछ | पुरुषहरुको बाहुल्यता रहेको आईटि क्षेत्रमा महिलाहरुलाई प्रभावकारी ढंगबाट अग्रसर गराउनको लागि राम्रो आइटी परामर्शदाता, आइटी सम्बन्धि विभिन्न जनचेतना कार्यक्रम, कार्यशाला, गोष्ठी तथा सम्मेलनहरुमा सहभागिता बडाउनु पर्दछ |
आइटि क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनको लागि उनीहरुमा भएको क्षमता र प्राकृतिक ज्ञानको प्रयोग गर्नको लागि हामी सबैको सहयोग आवश्यकता छ | आईटि क्षेत्रमा हुने लैङ्गिक विभिदतालाई समाधान गर्नको लागि शैक्षिक, गैर-शैक्षिक, निजी शैक्षिक संस्थाहरुले तालिमहरु पनि दिदै आएका छन् | यिनीहरुले आईटि सम्बन्धि फरक-फरक कार्यशाला तथा गोष्ठीहरु राख्दै पनि आएका छन् | जहाँ इच्छुक महिलाहरु सहभागी हुन सक्छन् | महिलाहरुको आईटि क्षेत्रमा संग्लग्नताले प्रविधिको क्षेत्रमा लैङ्गिक असमानता हटाउन, महिलाको जीवनस्थर उठाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ | नेपाली महिलाहरुको सामाजिक, आर्थिक र प्राविधिक रुपमा सशक्तीकरणको लागि आईटि एउटा अवसर हो |
[:][:en]Importance of Interest in Career[:ne]करियर छनोटमा इच्छाहरुको महत्व[:]
“Choose a job you love, and you will never have to work a day in your life.” -(Confucius)
Why would some of the most successful people agree that interest matters in one’s life to have a successful career? They do so because they are the ones who have passionately followed their interests and even achieved success. Their success stories prove that when skills meet passion and interest, it only results in achievements. But, why does interest really matter? Certainly, this is the question that might arise in everybody’s mind.
Interest as a driving factor for motivation and happiness
Interests are an important part of each individual person character and encourage people to do certain activities. Interests have a great impact on the types of activities that people find attractive, fulfilling and enjoyable. According to Hidi (1990), being interested in a topic is a mental resource that enhances learning, which then leads to better performance and achievement. Interest is one of the important parts while choosing a career. When we love what we are doing, we will always put our best performance forward and strive to learn more. Consequently, that will enhance our self-confidence as well. When we pick up the field or area we like and enjoy, we would not crib to study or work in that field rather work harder and perform our best.
Published studies about interests
A research (Interest, Learning, and the Psychological Processes That Mediate Their Relationship 2002), showed that interest was related to an individual’s response, persistence and learning. It stated that interest includes affective and cognitive components which are part of individuals’ engagement in activities. According to a meta-analysis of the number of researchers, (Interest as a predictor of academic achievement, 1992), conducted in 18 different countries to examine the relationship between interest and performance, it was found that interest was highly correlated with academic achievements. Therefore, these researchers demonstrate that the role of interest is very important for an individual’s education as well as career.
Even if you don’t have a clear vision of your career or education pathway, you have interests in certain things which you are aware of or not. It’s important to follow your passion and to know your less obvious interests. The importance of knowing your interests is that your interests are the source of your motivation and that separate you from others. We from CDN believe that uncovering students interests and supporting their curiosity for a certain field helps the student to find their desired job. If you need some counselling about this topic, feel free to contact us.
[:ne]"इच्छामा आधारित रहेर पेशा क्षेत्र रोज्नुहोस्, तपाइले जीवनभर काम गरेको महशुस गर्नु हुने छैन |" (कन्फुसियस)
प्राय किन सफल व्यक्तिहरु, इच्छामा आधारित काम रोज्नुपर्दछ भन्ने पक्षमा सहमत हुन्छन् ? किनभने, सफल व्यक्तिहरुले व्यक्तिगत इच्छालाईनै पछ्याएर सफलता हासिल गरेका हुन्छन् | व्यक्तिगत क्षमताहरु, व्यक्तिगत चाहना र इच्छा संग मेल खाएमा सफलता मिल्दछ भन्ने कुरा सफल व्यक्तिहरुको जीवनी बाट नै प्रमाणित हुन्छ | तर पनि व्यक्तिगत इच्छाहरु सफल करियर निर्माणमा कसरि सम्बन्धित हुन्छन् ? अवश्य पनि यो प्रश्न सबैको मनमा उब्जन सक्छ |
इच्छानै प्रेरणाको श्रोत, सफल र सन्तोषजनक करियर प्राप्त गर्ने माध्यम हो |
प्रत्येक व्यक्तिहरुको विशेषता जनाउने र सम्बन्धित क्रियाकलाप गर्नको लागि उत्साहित गराउने महत्वपूर्ण तत्व इच्छा हो | दैनिक जीवनमा आइपर्ने सम्बन्धित कामहरु आकर्षक, सहज र रमणीय वातावरणमा समापन गर्नको लागि इच्छाले ठुलो प्रभाव पारेको हुन्छ | हिडी (१९९०) को अनुसार कुनै पनि विषयवस्तु प्रति इच्छित हुनु भनेको एक मानसिक श्रोत हो जसले व्यक्तिलाई राम्रो प्रदर्शनी र उपलब्धि हासिल गर्नको लागि अनुसरण गरि सक्रिय सिकाईमा मद्धत पुर्याउछ | यदि हामीले गरिरहेको जुनसुकै काम पनि इच्छा अनुसारको हो भने उत्तम परिणामको लागि आवश्यक अभ्यास गर्नुको साथै थप सिकाईको निम्ति लागि पर्दछौ | फलस्वरुप आत्म विश्वास पनि बढाउन पनि मद्दत गर्दछ | यदि कुनैपनि काम गर्दा आनन्द आउने र आत्मसन्तुष्टि मिल्ने खालको कार्य क्षेत्र छनोट गरेमा अरुको अनुसरण गर्ने भन्दा पनि उक्त काम समापनको लागि सृजनशील तरिका अपनाई कठिन परिश्रम गर्न पनि पछि हट्दैनौ |
इच्छा सम्बन्धित प्रकाशित भएका अध्ययनहरु
सन् २००२ को ‘चाहना, सिकाई र मनोवैज्ञानिक प्रकृया र तिनीहरु बिचको सम्बन्ध’ विषयको अनुसन्धानले व्यक्तिको प्रतिक्रिया, दृढता र सिकाई इच्छासंग सम्बन्धित् रहेको देखाएको थियो | अनुसन्धानले बताए अनुसार व्यक्तिको इच्छामा प्रभावकारी र भावनात्मक तत्वहरु हुन्छन् जसले गर्दा व्यक्तिलाई कुनैपनि क्रियाकलापमा सहभागी हुन तल्लिन बनाउछ | इच्छा र प्रस्तुति बिचको सम्बन्ध पत्ता लगाउनको लागि एक मेटा-विश्लेषणले १८ फरक देशहरुमा अनुसन्धान गरेको थियो जसअनुसार इच्छा र शैक्षिक उपलब्धि एक आपसमा सम्बन्धित् रहेको पाइयो | त्यसकारण, उक्त अनुसन्धानहरुको आधारमा व्यक्तिको शिक्षाको साथ साथै व्यावसायिक जीवनमा इच्छाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ |
यदि तपाईले करियर र शैक्षिक बाटो सम्बन्धि लक्ष्य बनाउनु भएको छैन भने पनि तपाईसंग केही इच्छाहरु हुन्छन् जुन कुरामा तपाई सचेत नहुन पनि सक्नुहुन्छ | तपाईको इच्छा, चाहनाहरु थाहा पाउनु र सो इच्छाहरुलाई पछ्याउनु महत्वपूर्ण रहन्छ | जीवनमा सफलता हासिल गर्नको लागि व्यक्तिगत इच्छाहरुको बारेमा थाहा पाउनु महत्वपूर्ण हुन्छ | आफुलाई अरुभन्दा फरक ढंगबाट प्रस्तुत गर्न र जीवनमा सफलता हासिल गर्न प्रेरणा दिने श्रोत व्यक्तिगत इच्छाहरु हुन् | विद्यार्थीहरुको निश्चित क्षेत्र सम्बन्धित इच्छा, चाहनाहरु पहिचान गर्न सहायता गरेमा उनीहरुलाई इच्छित पेशा पत्ता लगाउन सहयोग पुग्दछ भन्ने कुरामा करियर दिशा नेपाल विश्वस्थ छ | यदि तपाईलाई इच्छा सम्बन्धि थप जानकारी लिनु छ भने सी.डी.एनलाई सम्पर्क गर्न नहिच्किचाउनु होला |
[:]