[:en]Going Abroad? – 10 things to do before studying abroad[:ne]पढ्नको लागि वैदेशिक यात्रा गर्दै हुनुहुन्छ? विदेश जानु अगाडि थाहा पाउनु पर्ने दश कुराहरु:[:]

[:en]

There are many individual reasons to study or work abroad. The most important aim is to expand personal, academic or professional abilities: learning a new language, gaining soft skills, get to know more about a new culture, having a new perspective on the subject of your study, establishing a global network or just making new friends.

Apart from the reasons why people want to go study abroad they are many things to consider:

  1. Engage yourself in the sector of interest: If you want to go and study medicine? Good: go and volunteer in a hospital or in a health camp to make sure, it is really what you want to work for your lifetime.
  2. Check your subject: The subjects available in universities abroad might be quiet different, from the subjects you studied, which you might find at the universities abroad.
  3. Connect with foreigners from that country: Go to Thamel, Lakeside, Lumbini or Chitwan and get in touch with people from the country you would like to go. Get a feeling for their mentality and ask them everything about their country.
  4. Travel Nepal: How much have you seen of your own country. Before traveling 10000 Kilometers to an unknown land, make sure you understand your own country better. Your country is more than your village and Kathmandu. Traveling is in that regard also a kind of learning by experience.
  5. Decide for ONE country and inform yourself on the process. Going abroad is nothing which is done within 1 – 2 months (and everybody, who tells you otherwise is rather a human trafficker than a counselor)
  6. Learn the language: You will live 24-hours in this country and need the language every moment you are there: for your courses, for shopping, if you are sick or meet someone nice while going out. None English speaking countries are more work to prepare but therefore you will also face less international competition and therefore more often than not cheaper possibilities than in English speaking countries.
  7. Read articles about that country: Understanding what is happening in the country you want to go to does not only help your general knowledge but also helps you to estimate how your chances of work will be, improve your chances and help you to avoid awkward situations.
  8. Check your finances: Going abroad is a costly thing and most countries will not allow you to work more than part time. Dependent on your subject and the country it will cost you between 20 Lakh and 1 Crore.
  9. Check out your job market opportunities: Does Nepal or the country you plan to study in really need more people of your profession? And if you will find occupation, will it be worth the high cost of your education? If no: consider to just travel the country … might be a cheaper alternative after all.
  10. Make a list of 3 alternatives you can do in Nepal: Many young people spend years on their dream of going abroad and lose totally the vision, that there would be many other ways to work towards your goal in Nepal.

Go through the list above and plan your study program abroad. The list should help you to be clear about your interests, goals and the challenges you could face abroad. No matter where you go for your study – we as CDN team thinks that every experience is a good way to grow your own personality and expand your knowledge.

[:ne]

वैदेशिक यात्रा गर्ने निर्णय लिनको लागि विभिन्न व्यक्तिगत कारणहरुले प्रभाव पारेको हुन्छ | नयाँ भाषा जान्न, संस्कृतिहरुको थप जानकारी लिन, व्यवसायिक जीवनमा आवश्यक पर्ने विभिन्न सिपहरु सिक्न, शैक्षिक विषय वस्तुको ज्ञान हासिल गर्न, व्यक्तित्व विकास गर्न, शैक्षिक तथा व्यवसायिक क्षमता बढाउनको लागि साथै साथीहरु बनाउन जस्ता कारणहरुले वैदेशिक यात्रा गर्ने गरेको पाइन्छ | ति कारणहरु प्रत्येक व्यक्तिमा फरक-फरक हुन्छन् |

वैदेशिक यात्रा गर्ने निर्णय लिनु पुर्व यात्रुले केही कुराहरुलाई ध्यानमा राख्नु पर्दछ |

१. व्यक्तिगत इच्छा र चाहनाको क्षेत्रमा संलग्न हुनु: यदि तपाईको चिकित्सा क्षेत्रमा अध्ययन गर्ने चाहना छ भने अस्पताल, स्वास्थ्य चौकी वा स्वास्थ्य शिविरहरुमा गएर स्वयम् सेवकको रुपमा काम गर्न सक्नुहुन्छ | जसबाट तपाईले जीवनभर गर्न चाहेको पेशालाइ नजिकबाट नियाली आफ्नो क्षमता अनुकुल छ छैन भनि निश्चित गर्न सक्नुहुन्छ |

२.आफुले भविष्यमा पढ्न चाहेको विषय सुनिश्चित गर्नुहोस् : तपाईले स्वदेशमा पढेको विषयहरु  विदेशका विश्वविद्यालयमा उपलब्ध विषयहरु भन्दा फरक हुन सक्दछन् |  त्यसैले तपाईले पढ्न चाहेको विषयको खोज तथा अनुसन्धान गरि सुनिश्चित हुनुहोस् |

३. गन्तव्य स्थलका व्यक्तिहरुसंग सम्पर्कमा रहनुहोस्: पर्यटकीय क्षेत्रहरु ठमेल, लेकसाइड, लुम्बिनी र चितवन जस्ता ठाउँमा जानुहोस् र तपाई जान चाहेको देशबाट आएका पाहुनाहरुसंग मित्रता कायम गरि सो देशको बारेमा जानकारीहरु, संस्कृति, ऐन, कानुन थाहा पाउनुहोस् |

४.वैदेशिक यात्रा पुर्व स्वदेश भ्रमण गर्नुहोस्: तपाईले आफ्नो देशको बारेमा कति थाहा पाउनु  भएको छ ? आफ्नो देश भन्दा हजारौ कि.मि. टाडाको यात्रा गर्नु पुर्व आफ्नो देशको बारेमा ज्ञात हुनु पर्दछ | तपाईको देश, जन्मेको स्थान र राजधानीमा सिमित छैन | देशको हरेक भूभाग, बास स्थान, चाल, चलन, संस्कृतिलाई नजिक बाट नियाल्ने प्रयास गर्नुहोस् | स्वदेश भ्रमणको अनुभव बाट जीवनमा धेरै कुराहरुको ज्ञान हासिल गर्न सक्नुहुन्छ |

५.वैदेशिक यात्राको लागि निश्चित देशको छनोट गर्नुहोस् र हरेक प्रक्रियाको जानकारी राख्नुहोस् |   पढाईको लागि वैदेशिक यात्रा प्रक्रिया १-२ महिनामा समापन हुन् असम्भव हुन्छ | यदि कसैले थोरै समयमा नै प्रक्रिया समापन हुन्छ भन्छन् भने ति व्यक्तिहरु परामर्शकर्ता नभई मानव वेचविखन कर्मी पनि हुन सक्छन् | तसर्थ पछुताउनु भन्दा पनि विद्यार्थी स्वयंनै समयमा सचेत भई प्रक्रिया अघि बढाउनु पर्दछ |

६.गन्तव्य स्थलको भाषा सिक्ने : तपाईले यात्रा गर्न चाहेको देशमा, अध्ययन गर्न, किनमेल गर्न, विरामी भएको अवस्थामा, साथीसंगको जमघट तथा भ्रमण गर्नको लागि स्थानीय भाषा जान्न आवश्यक हुन्छ | अंग्रेजी भाषा बोल्ने देशको दाजोमा स्थानीय भाषा प्रयोग गर्ने देशहरुमा  रोजगारीको अवसर बढी हुने र प्रतिष्पर्धा कम हुने गरेको पाइन्छ | अंग्रेजी भाषाको प्रयोग नगर्ने देशहरुमा जाने हो भने स्थानीय भाषा जान्नु महत्वपूर्ण रहन्छ |

७. गन्तव्य स्थलको दैनिक समाचार र लेखहरुको अध्ययन गर्ने : लेख वा समाचारहरुको अध्ययनले तपाईको सामान्य ज्ञानमा वृद्धि गर्ने मात्र नभई उक्त देशको परिस्थिति, अनुकूलता र परिवर्तनहरुको बारेमा अवगत गराउछ जसले तपाईको कार्यमा वा पढाईमा पर्न सक्ने असर, अवसर र चुनौतिको बारेमा पुर्वनिर्धारण गर्न मद्दत गर्दछ |

८. अर्थ व्यवस्थापन गर्नुहोस् : पढाईको लागि वैदेशिक यात्रा गर्नु भनेको पक्कै पनि आर्थिक भार थप्नु हो | केही देशहरुमा विद्यार्थीहरुलाई केही समय बाहेक काम गर्न निषेध गराइएको पाइन्छ | तपाईले पढ्न चाहेको विषय र छनोट गरेको देश अनुसार नेपाली रुपैयाँ विस लाख देखि करोड सम्म खर्च हुने भएकोले सुरुमा नै खर्चको बन्दोबस्त गर्नु पर्दछ |

९. श्रम बजारको अवसरको बारेमा अवगत हुनुहोस् : के तपाईले भविष्यमा गर्न चाहेको व्यवसाय  श्रम बजारमा आवश्यक छ? श्रम बजारको अध्ययन गरि तपाईले गर्न चाहेको पेशाको अवसर र चुनौतीको बारेमा विस्तृत जानकारी राख्नुहोस् | सम्पूर्ण कुरालाई मध्यनजर गरेर यदि सम्बन्धित शिक्षामा लगानी अनुसारको परिणाम दिन्छ जस्तो लाग्छ भने निसंचोकको साथ अघि बढ्नुहोस् | तर तपाई स्वयं आफुले रोजेको विषयमानै अन्योल हुनहुन्छ भने केही समय गन्तव्य स्थल भ्रमण गरि स्वदेशमा फर्किनु नै उत्तम विकल्प हुनसक्छ |

१०. वैदेशिक यात्रा बाहेक नेपालमा बसेर पनि गर्न सकिने केही वैकल्पिक उपायहरुको सुची तयार गर्नुहोस्: प्रायजसो युवाहरुमा वैदेशिक यात्रा गर्ने एउटा मात्र लक्ष्य लिएर वर्षौ वर्ष विताईरहेको पाइन्छ | तर कहिले काही उक्त सपना तुइएमा अन्य कुनै विकल्प नदेखी भौतारिनु भन्दा नेपालमा रहेका अन्य विकल्पहरु पत्ता लगाई पछ्याउनु नै उत्तम उपाए हुन सक्छ |

माथि उपलब्ध विवरणलाई ध्यानमा राखेर पढाईको लागि वैदेशिक यात्राको योजना निर्माण गर्नुहोस् | उक्त विवरणहरुले व्यक्तिगत चाहना, लक्ष्य र गन्तव्य स्थलमा सामना गर्नु पर्ने चुनौतीहरु पत्ता लगाउन पनि सहयोग गर्दछ | तपाई जहाँ र जुन देशमा अध्ययनको लागि गए पनि करियर दिशा नेपालले व्यक्तित्व विकास गर्न र ज्ञान बढाउनको लागि अनुभवलाई प्राथमिकता दिन्छ |

[:]