पढाई छाडिस् अब के गरेर खान्छस् भन्नेहरुको लागि एक जवाफ बनेका छन् सुनिल नेपाली |

सुनिलले आफ्नो व्यक्तिगत कारणले दुई वर्ष अघि पढाई छाडे | १७ बर्षका सुनिल “हिमाली बाल कल्याण संरक्षण मंच” को संरक्षणमा बस्दै आएका छन्| हिमाली बाल कल्याण संरक्षण मंचको सहयोगमा उनले ३९० घण्टाको (इलेक्ट्रिक आर्ट व्यल्डीङ) को व्यल्डर तालिम लिए | यो तालिम पश्चात राष्ट्रिय सिप परिक्षण समिति (NSTB)  बाट तह एक पास गरे|

यो तालिम पश्चात फलामको  ग्रिल, गेट, कब्जा, बेन्च,टेबल .ट्यांकी स्ट्याण्ड, रेलिंग, चेन गेट बनाउन जान्ने सुनिल बताउछन्| अहिले उनले काम गर्दै छन् र महिनामा १२००० (बाह्र हजार) कमाउछन्| यसैमा केहि बर्ष काम गर्ने र पछि आफ्नै व्यावसाय गर्ने उनको योजना रहेको बताए | उनमा देखिएको आत्म विश्वास उत्साह र जागरकाे कारण सोध्दा जीवनमा धेरै बाटोहरु छन् एक बाटो बन्द हुदैमा जीवन सकियो भन्ने ठान्नु गलत हो उनि बताउछन्| 

एस.ई.ई मा भने जस्तो नतिजा नआउदा या विभिद कारणले पढाई छाड्न बाध्य भएका यूवाहरुको लागि उनी एक उदहारण बनेका छन् | सि.टि.इ.भि.टि ले धेरै विधाहरुमा ३९ घण्टा देखि १५०० घण्टा सम्मको तालिम उपलब्ध गराउदै आएको छ | जुन सिप सिकी सजिलै श्रम बजारमा छिर्न सकिन्छ|

हुनत तालिम विभिन्न संस्थाहरुले श:शुल्क तथा नि:शुल्क प्रदान गर्दै आएका छन्, तालिम लिनुभन्दा आगाडी केहि पूर्व तयारी जरुरी हुन्छ| के को तालिम, कहाँ जानुपर्छ, कति खर्च लाग्छ जस्ता जानकारी लिनु जरुरी छ | यसका साथै म कस्तो मान्छे हुँ, मेरा लागी कस्तो काम र शिक्षा उपयुक्त हुन्छ, भनि जान्न  http://assessment.careerdishanepal.org मा गएर आफ्नाे बारेमा जान्न सकिन्छ | जसले तपाइको लागि के गर्ने कसरि गर्ने र आफ्नो व्यक्तित्वको बिस्तृत विवरण प्नदान गर्दछ | र साथै नेपालमा उपलब्ध सम्पूर्ण पेशा र शैक्षिक योग्यता सम्बन्धि जानकारी  https://jobedudb.careerdishanepal.org बाट पाउन सकिन्छ ।

[:ne]पढाई छाडिस अब के गरेर खान्छस भनेहरुको लागि एक जवाफ बनेका छन् सुनिल नेपाली |[:]

सुनिलले आफ्नो व्यक्तिगत कारणले दुई वर्ष अघि पढाई छाडे | १७ बर्षका सुनिल “हिमाली बाल कल्याण संरक्षण मंच” को संरक्षणमा बस्दै आएका छन्| हिमाली बाल कल्याण संरक्षण मंचको सहयोगमा उनले ३९० घण्टाको (इलेक्ट्रिक आर्ट व्यल्डीङ) को व्यल्डर तालिम लिए | यो तालिम पश्चात राष्ट्रिय सिप परिक्षण समिति (NSTB)  बाट तह एक पास गरे|

यो तालिम पश्चात फलामको  ग्रिल, गेट, कब्जा, बेन्च,टेबल .ट्यांकी स्ट्याण्ड, रेलिंग, चेन गेट बनाउन जान्ने सुनिल बताउछन्| अहिले उनले काम गर्दै छन् र महिनामा १२००० (बाह्र हजार) कमाउछन्| यसैमा केहि बर्ष काम गर्ने र पछि आफ्नै व्यावसाय गर्ने उनको योजना रहेको बताए | उनमा देखिएको आत्म विश्वास उत्साह र जागर कारण सोध्दा जीवनमा धेरै बाटोहरु छन् एक बाटो बन्द हुदैमा जीवन सकियो भन्ने ठा न्नु गलत हो उनि बताउछन्| 

एस.ई.ई मा भने जस्तो नतिजा नआउदा या विभिद कारणले पढाई छाड्न बाध्य भएका यूवाहरुको लागि एक उदहारण बनेका छन् | सि.टि.इ.भि.टि ले धेरै विधाहरुमा ३९ घण्टा देखि १५०० घण्टा सम्मको तालिम उपलब्ध गराउदै आएको छ | जुन सिप सिकी सजिलै श्रम बजारमा छिर्न सकिन्छ|

हुनत तालिम बिभिन्न संस्थाहरुले श:शुल्क तथा नि:शुल्क प्रदान गर्दै आएका छन्, तालिम लिनुभन्दा आगाडी केहि पूर्व तयारी जरुरी हुन्छ| के को तालिम, कहाँ जानुपर्छ, कति खर्च लाग्छ जस्ता जानकारी लिनु जरुरी छ | यसका साथै म कस्तो मान्छे हुँ, मेरा लागी कस्तो काम र शिक्षा उपयुक्त हुन्छ, भनि जान्न  http://assessment.careerdishanepal.org मा गएर आफ्नु बारेमा जान्न सकिन्छ | जसले तपाइको लागि के गर्ने कसरि गर्ने र आफ्नो व्यक्तित्वको बिस्तृत विवरण प्रधान गर्दछ | र साथै नेपालमा उपलब्ध सम्पूर्ण पेशा र शैक्षिक योग्यता सम्बन्धि जानकारी  https://jobedudb.careerdishanepal.org बाट पाउन सकिन्छ |

SEE पश्चात मेरो छोरा/छोरीहरुको गन्तव्य

एसईई परिक्षार्थिहरु परिक्षाको तयारिमा रहेको पाइन्छ भने अभिभावकहरु परिक्षा पश्चात मेरो छोरा/छोरीहरुले कुन विषय पढ्ने, कुन कलेज भर्ना हुने र विदाको समयमा के सिक्ने भनि चिन्तित रहेको पाइन्छ| हुनत विद्यार्थीहरुको पनि पछी के गर्ने, कसो गर्ने, के पढ्ने भन्ने चासोको विषय हो | यो पालि हामीले अभिभावकको चिन्तालाई सुन्ने कोसिस गरेका छौं | एसईई पश्चात अभिभावकहरुले छोरा/छोरीहरुको करियर सम्बन्धि गरेको योजना थाहा पाउन भक्तपुरमा अबस्थित दश अभिभावक संग अन्तर्वार्ता लिएका छौ |
अनुसन्धानको निष्कर्ष यसप्रकार छ :
चित्र:१

दश जना अभिभावकहरु मध्ये ५० प्रतिशत अभिभावकहरुलाई छोरा/छोरीको इच्छाको विषय जानकारी रहेछ भने ४० प्रतिशतलाई कत्ति पनि थाहा रहेनछ | अभिभावकहरुका अनुसार धेरैजसो छोरा/छोरीहरु कम्पुटर र विज्ञान विषयमा इच्छुक रहेछन् भने प्राय अभिभावकहरु छोरा/छोरीले एसईई सक्काए पछी डाक्टर, इन्जिनियर, आईटि जस्ता विषय पढ़दीय हुन्थ्यो भन्ने आशा राख्नु भएको रहेछ | तर, एक जना अभिभावकले भने छोराछोरीको व्यक्तिगत इच्छा अनुसारको विषयमा पढे हुन्थ्यो भन्ने आशा गर्नु भएको छ | अभिभावकहरुका अनुसार एसईई पुर्व पढाई सम्बन्धित् सम्पूर्ण विषयको निर्णय प्राय विद्यार्थीहरु स्वयंले गरेको बताउनुभयो तर एसईई पश्चात कुन विषय पढ्ने भन्ने कुरामा भने विद्यार्थीहरुले खासै निर्णय गर्न नसकेको पाइयो | विषयहरुको बारेमा पूर्ण जानकारी नहुनु, खासै भविष्यमा के गर्ने भन्ने कुरामा चासो नदेखाउनु, आफ्नो व्यक्तित्व थाहा नहुनु, र विचलित हुनु निर्णय गर्न नसक्नुको प्रमुख कारणहरु रहेको थियो |

अवश्यपनि १० जना अभिभावकसंगको अन्तर्वार्ताले सम्पूर्ण अभिभावकहरुको छोरा/छोरीहरु प्रतिको योजनालाई सामान्यकरण गर्न सक्दैन | तै पनि यो विषय भनेको हामी अभिभावकहरुको चासोको विषय हो | एसईई पश्चात इच्छित पेशा सम्बन्धित विषय रोज्नु भनेको उनीहरुको करियर सफल र खुसि बनाउने प्रमुख पाईला हो | हामी अभिभावकहरुले छोराछोरीलाई सहि करियर निर्णय गर्न सहयोग गर्न सक्दछौं |
तल दिएका सामान्य प्रश्नहरुको सहयोग बाट पनि एसईई पश्चात छोराछोरीलाई करियर सम्बन्धि सहि निर्णय गर्न सहयोग गर्न सक्दछौं | प्रश्नहरु;
१. मेरो छोराछोरिको इच्छाको विषय के हो ?
२. मेरो छोराछोरीको मुल्य, क्षमता र सम्भावना के के हो?
३. मेरो छोराछोरीले रोजेको करियर प्राप्ति गर्न मेरो आर्थिकस्थितिले भेट्दछ?
४. आर्थिकस्तरले भेट्दैन भने सम्बन्धित विकल्पहरु के के हुन सक्छन्?
५. कतै छोरा छोरीको इच्छालाई पर सारी मेरो इच्छालाई त प्राथमिकता दिएको छैन ?
६. मेरो छोराछोरीलाई नेपालमा उपलब्ध पेशाहरुको बारेमा थाहा छ ?
७. के मेरो छोरा छोरीले करियर समबन्धि निर्णय गर्न सक्छन् ?
८. निर्णय गर्न सक्दैनन् भने किन सक्दैनन् ?
९. मेरो छोरा/छोरीलाई सहि करियर निर्णय गर्न कसले सहयोग गर्न सक्दछ ?

१२ कक्षाको नतिजा प्रकाशित

विद्यार्थीहरुको करियर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने १२ कक्षाको नतिजा सन् २०१७ अगस्त ३० तारिकमा प्रकाशित भएको छ |  लगभग ४ महिनाको प्रतिक्षा पछीको नतिजाले केहि विद्यार्थीहरुलाई हर्षित बनाएको छ भने केहि विद्यार्थीहरु मर्माहित पारेको छ | परिक्षार्थिहरु मध्ये जम्मा ४८.१७ प्रतिशत विद्यार्थीहरु मात्र उतिर्ण भएका छन् |

गत २ सालमा भएको १२ कक्षाको नतिजालाई तुलनात्मकरुपमा हेर्दा अर्थशास्त्र, मानवशास्त्र र शिक्षा संकायमा अस्थिरता रहेको पाइन्छ |  वि.सं.२०७२ सालमा ३०.९९ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए भने र वि.सं २०७३ सालमा ४८.१७ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए |

यो परिक्षामा अनुतिर्ण हुनु भएका विद्यार्थीहरुलाई हामी सहानुभूति प्रकट गर्न चाहन्छौं | यद्यपि, सम्पूर्ण संकायहरुमा विगत ३ वर्षसम्ममा आएको नतिजालाई फर्केर हेर्दा विभिन्न कारणहरुले गर्दा प्राय विद्यार्थीहरुको नतिजा अस्थिर रहेको पाइन्छ | विद्यार्थीहरु अनुतिर्ण हुनुको पछाडि रहेका अनेक कारणहरु मध्ये प्रमुख कारण भनेको सम्बन्धित विषयमा इच्छा र लगावको कमि हुनु हो |

उपलब्ध तथ्यको आधारमा, विद्यार्थीहरुले शैक्षिक करियर रोज्नु अगाडी केहि समय सम्बन्धित विषयमा गहन अध्ययन गरेमा फाईदाजनक रहन्छ | शैक्षिक करियर रोज्नु अगाडी आफुलाई केहि प्रश्नहरु सोध्नुहोस्:

  • मेरो इच्छा अनुसारको विषय अध्ययन गरे पछी, के सम्बन्धित पेशा श्रम बजारमा उपलब्ध छ?
  • मैले रोजेको शिक्षा आवश्यक पर्ने पेशाहरु गर्नको लागि, के म श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम छु?

यी प्रश्नहरुले अनुतिर्ण भएका विद्यार्थीहरुलाई मात्र नभई उतिर्ण भएका विद्यार्थीहरुलाई पनि सम्बन्धित विषय छनोटमा प्रभाव पार्दछ |

१३,३३२९ विद्यार्थीहरु अब के गर्ने, कुन विषय छनोट गर्ने, कुन विश्वविद्यालयमा पढ्ने भनि आफ्नो भविष्यको खोजिमा हुनुहुन्छ भने उनीहरुका लागि CDN शिक्षा र पेशाको बारेमा जानकारी जानकारी प्रदान गर्ने डाटावेश jobedub.careerdishanepal.org महत्वपुर्ण रहन्छ |

कम्प्युटर प्रणालीमा आधारित परिक्षणका फाइदाहरु

“व्यक्तिहरुमा अन्तरनिहित प्रतिभाको वाहिरी प्रस्फुटन नै शिक्षाको उदेश्य हो |”

  सम्पूर्ण व्यक्तिहरु एक भन्दा अर्को फरक हुन्छन | व्यक्तिको सोच, क्षमता, स्वभाव, रुप रंग सबै व्यक्ति व्यक्तिमा फरक रहन्छ | यसरी व्यक्ति जन्मदै आफ्नो गुण क्षमता लिएर आएका हुन्छन | आफ्नो जन्मजात गुणलाई नै बढावा दिनुको साटो त्यसलाई नै कुण्ठित पार्ने खालको शिक्षण प्रणालीलाई आत्मसात गर्नु पर्ने बाध्यता नेपाली विद्यार्थीहरुमा रहेको छ | आफ्नो इच्छालाई चटक्कै पाखा लगाएर बुबा, आमा, इष्टमित्र र छरछिमेकीको इच्छा अनुसार आफ्नो पढाईलाई निरन्तरता दिनु पर्ने वाध्यता रहेको छ | साथै शिक्षकबर्गहरुबाट पनि उचित परामर्शको कमि रहेको पाइन्छ |विद्यार्थीहरुको आफ्नो आर्थिक र घरायसी कारणले गर्दा आफ्नो इच्छा अनुसारको शिक्षा हासिल गर्न सकिरहेका छैंनन | कोहि विद्यार्थीहरुमा त आफ्नो इच्छा, क्षमता, आत्मसन्तुष्टि र निपुणताको बिषय कुन हो भन्ने अन्योलमा रहेका पाइन्छ |

कोहि विद्यार्थीहरुलाई त आफ्नो रुचिको विषय र आफ्नो निपुणताको बारेमा पनि ज्ञान नभएको अवस्थामा  छन् | यसरी आफ्नो भविष्यको शिक्षा र पेशाको बारेमा अन्योलमा रहेका विद्यार्थीबर्गहरुको निम्ति आफुमा लुकेको प्रतिभालाई प्रस्फुटन गर्न, आफ्नो क्षमताको बारे ज्ञान हासिल गर्न र भविष्यमा आफ्नो इच्छामा आधारित पेशाको ज्ञानको  निम्ति विद्यार्थीहरुले कम्प्युटर प्रणालीमा आधारित परिक्षणको माध्यमको सहयोगले थाहा पाउन सकिन्छ | यस कम्प्युटर प्रणालीको माध्यमबाट विद्यार्थीहरुको परिक्षणमा दिएको उत्तरको आधारमा भविष्यमा सुहाउदो पेशा र शिक्षाको बारेमा मार्गदर्शन प्रदान गर्ने काम गर्दछ | साथसाथै यस प्रणालीले नेपालमा अवस्थित ३५० भन्दा बढी  पेशाहरु र शैक्षिक संस्थाहरु लगायत विभिन्न संघ संस्थाहरुले प्रदान गर्ने तालिम र सिप विकास परियोजनाहरुको बारेमा पनि जानकारी प्रदान गर्ने गर्दछ | यो प्रणालीको विकास युरोपेली देशहरुबाट विकसित भएर वैज्ञानिक मान्यता प्राप्त भई नेपाली परिवेश सुहाउदो, नेपालमा रहेको ३००० भन्दा बदी पेशा विज्ञहरुको तथ्यांक संकलनको आधारमा नेपालमा कम्प्युटर प्रणालीमा आधारित परिक्षणको विकास भइसकेको आवगत गराउन चाहन्छौ |

यो कम्पुटर प्रणालीको परिक्षण पश्चात विद्यार्थीवर्गहरुले नेपालमा पाइने विभिन्न शैक्षिक अवसर र सम्भाव्यताको पहिचान गरि नेपालमा नै उपलब्ध, आफ्नो व्यक्तित्व सुहाउदो पेशाको छनौट गर्न मौका प्राप्त गर्न सक्नुहुनेछ |साथसाथै त्यस पेशाको अवसर, चुनौती र सीमाहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी प्राप्त गर्ने सक्दछन  | यो कम्प्युटर प्रणालीले विद्यार्थीहरुको निम्ति अन्योल र निरासाबाट मुक्त गर्ने वातावरण सिर्जना गरि आफ्नो भविष्यको लक्ष्य प्रति दृढ भई अघि बढ्नमा  टेवा पुर्याउनेछ |