१२ कक्षाको नतिजा प्रकाशित

विद्यार्थीहरुको करियर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने १२ कक्षाको नतिजा सन् २०१७ अगस्त ३० तारिकमा प्रकाशित भएको छ |  लगभग ४ महिनाको प्रतिक्षा पछीको नतिजाले केहि विद्यार्थीहरुलाई हर्षित बनाएको छ भने केहि विद्यार्थीहरु मर्माहित पारेको छ | परिक्षार्थिहरु मध्ये जम्मा ४८.१७ प्रतिशत विद्यार्थीहरु मात्र उतिर्ण भएका छन् |

गत २ सालमा भएको १२ कक्षाको नतिजालाई तुलनात्मकरुपमा हेर्दा अर्थशास्त्र, मानवशास्त्र र शिक्षा संकायमा अस्थिरता रहेको पाइन्छ |  वि.सं.२०७२ सालमा ३०.९९ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए भने र वि.सं २०७३ सालमा ४८.१७ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए |

यो परिक्षामा अनुतिर्ण हुनु भएका विद्यार्थीहरुलाई हामी सहानुभूति प्रकट गर्न चाहन्छौं | यद्यपि, सम्पूर्ण संकायहरुमा विगत ३ वर्षसम्ममा आएको नतिजालाई फर्केर हेर्दा विभिन्न कारणहरुले गर्दा प्राय विद्यार्थीहरुको नतिजा अस्थिर रहेको पाइन्छ | विद्यार्थीहरु अनुतिर्ण हुनुको पछाडि रहेका अनेक कारणहरु मध्ये प्रमुख कारण भनेको सम्बन्धित विषयमा इच्छा र लगावको कमि हुनु हो |

उपलब्ध तथ्यको आधारमा, विद्यार्थीहरुले शैक्षिक करियर रोज्नु अगाडी केहि समय सम्बन्धित विषयमा गहन अध्ययन गरेमा फाईदाजनक रहन्छ | शैक्षिक करियर रोज्नु अगाडी आफुलाई केहि प्रश्नहरु सोध्नुहोस्:

  • मेरो इच्छा अनुसारको विषय अध्ययन गरे पछी, के सम्बन्धित पेशा श्रम बजारमा उपलब्ध छ?
  • मैले रोजेको शिक्षा आवश्यक पर्ने पेशाहरु गर्नको लागि, के म श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम छु?

यी प्रश्नहरुले अनुतिर्ण भएका विद्यार्थीहरुलाई मात्र नभई उतिर्ण भएका विद्यार्थीहरुलाई पनि सम्बन्धित विषय छनोटमा प्रभाव पार्दछ |

१३,३३२९ विद्यार्थीहरु अब के गर्ने, कुन विषय छनोट गर्ने, कुन विश्वविद्यालयमा पढ्ने भनि आफ्नो भविष्यको खोजिमा हुनुहुन्छ भने उनीहरुका लागि CDN शिक्षा र पेशाको बारेमा जानकारी जानकारी प्रदान गर्ने डाटावेश jobedub.careerdishanepal.org महत्वपुर्ण रहन्छ |

कम्प्युटर प्रणालीमा आधारित परिक्षणका फाइदाहरु

“व्यक्तिहरुमा अन्तरनिहित प्रतिभाको वाहिरी प्रस्फुटन नै शिक्षाको उदेश्य हो |”

  सम्पूर्ण व्यक्तिहरु एक भन्दा अर्को फरक हुन्छन | व्यक्तिको सोच, क्षमता, स्वभाव, रुप रंग सबै व्यक्ति व्यक्तिमा फरक रहन्छ | यसरी व्यक्ति जन्मदै आफ्नो गुण क्षमता लिएर आएका हुन्छन | आफ्नो जन्मजात गुणलाई नै बढावा दिनुको साटो त्यसलाई नै कुण्ठित पार्ने खालको शिक्षण प्रणालीलाई आत्मसात गर्नु पर्ने बाध्यता नेपाली विद्यार्थीहरुमा रहेको छ | आफ्नो इच्छालाई चटक्कै पाखा लगाएर बुबा, आमा, इष्टमित्र र छरछिमेकीको इच्छा अनुसार आफ्नो पढाईलाई निरन्तरता दिनु पर्ने वाध्यता रहेको छ | साथै शिक्षकबर्गहरुबाट पनि उचित परामर्शको कमि रहेको पाइन्छ |विद्यार्थीहरुको आफ्नो आर्थिक र घरायसी कारणले गर्दा आफ्नो इच्छा अनुसारको शिक्षा हासिल गर्न सकिरहेका छैंनन | कोहि विद्यार्थीहरुमा त आफ्नो इच्छा, क्षमता, आत्मसन्तुष्टि र निपुणताको बिषय कुन हो भन्ने अन्योलमा रहेका पाइन्छ |

कोहि विद्यार्थीहरुलाई त आफ्नो रुचिको विषय र आफ्नो निपुणताको बारेमा पनि ज्ञान नभएको अवस्थामा  छन् | यसरी आफ्नो भविष्यको शिक्षा र पेशाको बारेमा अन्योलमा रहेका विद्यार्थीबर्गहरुको निम्ति आफुमा लुकेको प्रतिभालाई प्रस्फुटन गर्न, आफ्नो क्षमताको बारे ज्ञान हासिल गर्न र भविष्यमा आफ्नो इच्छामा आधारित पेशाको ज्ञानको  निम्ति विद्यार्थीहरुले कम्प्युटर प्रणालीमा आधारित परिक्षणको माध्यमको सहयोगले थाहा पाउन सकिन्छ | यस कम्प्युटर प्रणालीको माध्यमबाट विद्यार्थीहरुको परिक्षणमा दिएको उत्तरको आधारमा भविष्यमा सुहाउदो पेशा र शिक्षाको बारेमा मार्गदर्शन प्रदान गर्ने काम गर्दछ | साथसाथै यस प्रणालीले नेपालमा अवस्थित ३५० भन्दा बढी  पेशाहरु र शैक्षिक संस्थाहरु लगायत विभिन्न संघ संस्थाहरुले प्रदान गर्ने तालिम र सिप विकास परियोजनाहरुको बारेमा पनि जानकारी प्रदान गर्ने गर्दछ | यो प्रणालीको विकास युरोपेली देशहरुबाट विकसित भएर वैज्ञानिक मान्यता प्राप्त भई नेपाली परिवेश सुहाउदो, नेपालमा रहेको ३००० भन्दा बदी पेशा विज्ञहरुको तथ्यांक संकलनको आधारमा नेपालमा कम्प्युटर प्रणालीमा आधारित परिक्षणको विकास भइसकेको आवगत गराउन चाहन्छौ |

यो कम्पुटर प्रणालीको परिक्षण पश्चात विद्यार्थीवर्गहरुले नेपालमा पाइने विभिन्न शैक्षिक अवसर र सम्भाव्यताको पहिचान गरि नेपालमा नै उपलब्ध, आफ्नो व्यक्तित्व सुहाउदो पेशाको छनौट गर्न मौका प्राप्त गर्न सक्नुहुनेछ |साथसाथै त्यस पेशाको अवसर, चुनौती र सीमाहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी प्राप्त गर्ने सक्दछन  | यो कम्प्युटर प्रणालीले विद्यार्थीहरुको निम्ति अन्योल र निरासाबाट मुक्त गर्ने वातावरण सिर्जना गरि आफ्नो भविष्यको लक्ष्य प्रति दृढ भई अघि बढ्नमा  टेवा पुर्याउनेछ |