SEE पश्चात मेरो छोरा/छोरीहरुको गन्तव्य

एसईई परिक्षार्थिहरु परिक्षाको तयारिमा रहेको पाइन्छ भने अभिभावकहरु परिक्षा पश्चात मेरो छोरा/छोरीहरुले कुन विषय पढ्ने, कुन कलेज भर्ना हुने र विदाको समयमा के सिक्ने भनि चिन्तित रहेको पाइन्छ| हुनत विद्यार्थीहरुको पनि पछी के गर्ने, कसो गर्ने, के पढ्ने भन्ने चासोको विषय हो | यो पालि हामीले अभिभावकको चिन्तालाई सुन्ने कोसिस गरेका छौं | एसईई पश्चात अभिभावकहरुले छोरा/छोरीहरुको करियर सम्बन्धि गरेको योजना थाहा पाउन भक्तपुरमा अबस्थित दश अभिभावक संग अन्तर्वार्ता लिएका छौ |
अनुसन्धानको निष्कर्ष यसप्रकार छ :
चित्र:१

दश जना अभिभावकहरु मध्ये ५० प्रतिशत अभिभावकहरुलाई छोरा/छोरीको इच्छाको विषय जानकारी रहेछ भने ४० प्रतिशतलाई कत्ति पनि थाहा रहेनछ | अभिभावकहरुका अनुसार धेरैजसो छोरा/छोरीहरु कम्पुटर र विज्ञान विषयमा इच्छुक रहेछन् भने प्राय अभिभावकहरु छोरा/छोरीले एसईई सक्काए पछी डाक्टर, इन्जिनियर, आईटि जस्ता विषय पढ़दीय हुन्थ्यो भन्ने आशा राख्नु भएको रहेछ | तर, एक जना अभिभावकले भने छोराछोरीको व्यक्तिगत इच्छा अनुसारको विषयमा पढे हुन्थ्यो भन्ने आशा गर्नु भएको छ | अभिभावकहरुका अनुसार एसईई पुर्व पढाई सम्बन्धित् सम्पूर्ण विषयको निर्णय प्राय विद्यार्थीहरु स्वयंले गरेको बताउनुभयो तर एसईई पश्चात कुन विषय पढ्ने भन्ने कुरामा भने विद्यार्थीहरुले खासै निर्णय गर्न नसकेको पाइयो | विषयहरुको बारेमा पूर्ण जानकारी नहुनु, खासै भविष्यमा के गर्ने भन्ने कुरामा चासो नदेखाउनु, आफ्नो व्यक्तित्व थाहा नहुनु, र विचलित हुनु निर्णय गर्न नसक्नुको प्रमुख कारणहरु रहेको थियो |

अवश्यपनि १० जना अभिभावकसंगको अन्तर्वार्ताले सम्पूर्ण अभिभावकहरुको छोरा/छोरीहरु प्रतिको योजनालाई सामान्यकरण गर्न सक्दैन | तै पनि यो विषय भनेको हामी अभिभावकहरुको चासोको विषय हो | एसईई पश्चात इच्छित पेशा सम्बन्धित विषय रोज्नु भनेको उनीहरुको करियर सफल र खुसि बनाउने प्रमुख पाईला हो | हामी अभिभावकहरुले छोराछोरीलाई सहि करियर निर्णय गर्न सहयोग गर्न सक्दछौं |
तल दिएका सामान्य प्रश्नहरुको सहयोग बाट पनि एसईई पश्चात छोराछोरीलाई करियर सम्बन्धि सहि निर्णय गर्न सहयोग गर्न सक्दछौं | प्रश्नहरु;
१. मेरो छोराछोरिको इच्छाको विषय के हो ?
२. मेरो छोराछोरीको मुल्य, क्षमता र सम्भावना के के हो?
३. मेरो छोराछोरीले रोजेको करियर प्राप्ति गर्न मेरो आर्थिकस्थितिले भेट्दछ?
४. आर्थिकस्तरले भेट्दैन भने सम्बन्धित विकल्पहरु के के हुन सक्छन्?
५. कतै छोरा छोरीको इच्छालाई पर सारी मेरो इच्छालाई त प्राथमिकता दिएको छैन ?
६. मेरो छोराछोरीलाई नेपालमा उपलब्ध पेशाहरुको बारेमा थाहा छ ?
७. के मेरो छोरा छोरीले करियर समबन्धि निर्णय गर्न सक्छन् ?
८. निर्णय गर्न सक्दैनन् भने किन सक्दैनन् ?
९. मेरो छोरा/छोरीलाई सहि करियर निर्णय गर्न कसले सहयोग गर्न सक्दछ ?

१२ कक्षाको नतिजा प्रकाशित

विद्यार्थीहरुको करियर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने १२ कक्षाको नतिजा सन् २०१७ अगस्त ३० तारिकमा प्रकाशित भएको छ |  लगभग ४ महिनाको प्रतिक्षा पछीको नतिजाले केहि विद्यार्थीहरुलाई हर्षित बनाएको छ भने केहि विद्यार्थीहरु मर्माहित पारेको छ | परिक्षार्थिहरु मध्ये जम्मा ४८.१७ प्रतिशत विद्यार्थीहरु मात्र उतिर्ण भएका छन् |

गत २ सालमा भएको १२ कक्षाको नतिजालाई तुलनात्मकरुपमा हेर्दा अर्थशास्त्र, मानवशास्त्र र शिक्षा संकायमा अस्थिरता रहेको पाइन्छ |  वि.सं.२०७२ सालमा ३०.९९ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए भने र वि.सं २०७३ सालमा ४८.१७ प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका थिए |

यो परिक्षामा अनुतिर्ण हुनु भएका विद्यार्थीहरुलाई हामी सहानुभूति प्रकट गर्न चाहन्छौं | यद्यपि, सम्पूर्ण संकायहरुमा विगत ३ वर्षसम्ममा आएको नतिजालाई फर्केर हेर्दा विभिन्न कारणहरुले गर्दा प्राय विद्यार्थीहरुको नतिजा अस्थिर रहेको पाइन्छ | विद्यार्थीहरु अनुतिर्ण हुनुको पछाडि रहेका अनेक कारणहरु मध्ये प्रमुख कारण भनेको सम्बन्धित विषयमा इच्छा र लगावको कमि हुनु हो |

उपलब्ध तथ्यको आधारमा, विद्यार्थीहरुले शैक्षिक करियर रोज्नु अगाडी केहि समय सम्बन्धित विषयमा गहन अध्ययन गरेमा फाईदाजनक रहन्छ | शैक्षिक करियर रोज्नु अगाडी आफुलाई केहि प्रश्नहरु सोध्नुहोस्:

  • मेरो इच्छा अनुसारको विषय अध्ययन गरे पछी, के सम्बन्धित पेशा श्रम बजारमा उपलब्ध छ?
  • मैले रोजेको शिक्षा आवश्यक पर्ने पेशाहरु गर्नको लागि, के म श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम छु?

यी प्रश्नहरुले अनुतिर्ण भएका विद्यार्थीहरुलाई मात्र नभई उतिर्ण भएका विद्यार्थीहरुलाई पनि सम्बन्धित विषय छनोटमा प्रभाव पार्दछ |

१३,३३२९ विद्यार्थीहरु अब के गर्ने, कुन विषय छनोट गर्ने, कुन विश्वविद्यालयमा पढ्ने भनि आफ्नो भविष्यको खोजिमा हुनुहुन्छ भने उनीहरुका लागि CDN शिक्षा र पेशाको बारेमा जानकारी जानकारी प्रदान गर्ने डाटावेश jobedub.careerdishanepal.org महत्वपुर्ण रहन्छ |