[:en]Parent’s Role in their Child’s Career[:ne]छोराछोरीको पेशागत भविष्य प्रति अभिभावकको भूमिका[:]

[:en]

Wearing a crown of a parent means more responsibilities and it plays a significant role in children’s life. Every parent wishes healthy, professional and happy life for their children.

So what shall I do for my child’s career?

Different children have different enthusiasm, while few parents tend to have the experience in eliminating queries, share knowledge, experience, and suggestions which they are practicing. Sometimes, without realizing, parents try to fulfill their own goals and ambition through their children, thus pushing them towards their own dreams.

Why it’s an important period of their lives?

While children undergo various emotional and physical changes as they grow older, meet new friends and dive into educational responsibilities, their stress level rises. In this period they need correct guidance, friends as well as facilitators and parents who provide the favorable environment for them.

What are the biggest problems?

  • Sometimes, parents aren’t able to understand them and children feel the lack of guidance. At the same time, children aren’t able to express their feelings in such unfavorable environment.
  • On the other hand, due to the busy schedule, parents couldn’t be able to know what skills, inherent desire, and extra qualities children have.
  • Most parents have prejudicial and want to force their kids to prior jobs such as Doctor, Pilot or Engineer.

These all things increases the distance between parents and their children.

So, what solutions do we have?

Eventually, if parents are not able to handle such situation, professional counselor for career support can become useful. A career counselor can give a constructive advice, unlike some parents who sometimes use undermining phrases like you can’t do it, don’t do it and so on.Also, there are more than 300 different jobs available locally. It means students have choices to find a suitable and interesting career.

Conclusion

Rather than worrying about child’s career, parents should spend more time with their children and help them to find education fitting children’s personality and their future career. Parents can take a help of good plan strategically designed psychometric assessment around. CDN can help you to find out your children interest, strength, and values and can give you an update about the actual labor market in Nepal. You should be aware of your children’s desire, strengths, and capabilities.In the 21st century known as the world of choices, there are plenty of opportunities in the labor market, children have various dreams accordingly. So, supports your children and give self-esteem - it is corresponding to joining the engine to jet.

[:ne]

प्राय छोराछोरीहरुको सफल भविष्य निर्माणको लागि अभिभावकहरु निरन्तर रुपमा लागि परेका हुन्छन् | अवश्य पनि, प्रत्येक आमाबाबुहरुले आफ्नो छोराछोरीहरुको स्वस्थ र आनन्ददायी व्यावसायिक जीवनको परिकल्पना गरेका हुन्छन् |

म मेरो बालबालिकाहरुको सफल भविष्यको लागि के गर्न सक्छु ?

हरेक बच्चाहरु एकअर्कामा भिन्न किसीमका विशेषता र जिज्ञासा बोकेका हुन्छन् | प्राय अभिभावकहरु उक्त जिज्ञासाहरु समाधान गर्न प्रयत्नरत रहन्छन् र सफल पनि हुन्छन् | तरपनि केही अभिभाबकहरु बालबालिकाको चाहानालाई वेवास्ता गरि, आफुले पुरा गर्न नसकेको सपनाहरु उनिहरुले पुरा गरिदिउन् भन्ने चाहनुको साथै आफ्नो सपना तर्फनै निर्देशन गराइरहेको पाइन्छ |

बालबालिकाहरुको जीवनको लागि वाल्यअवस्था किन महत्वपूर्ण रहन्छ ? 

उमेरअनुसार बालबालिकाहरुको शारीरिक तथा भावनात्मक विकास हुने क्रममा विभिन्न परिवर्न आउनु स्वभाविक नै हो, साथसाथै वाह्य कुराहरु, नयाँ-नयाँ साथीहरु बनाउनु, र शैक्षिक जिम्वेवारी बहन गर्नुले उनीहरुमा थप तनाव सिर्जना गराएको हुन्छ | यो समयमा उनीहरुलाई यी सबै कुराहरुसंग सजिलै घुलमिल हुनको लागि सहि निर्देशन, साथीहरु र सुमधुर वातावरण सिर्जना गर्नको लागि अभिभावकको आवश्यकता पर्दछ |

बालबालिकाहरुले सहि करियर निर्णय गर्न नसक्नुका कारणहरु के-के हुन् ?  

  • कहिलेकाहि अभिभाबकहरुले आफ्ना बालबालिकाहरुको चाहना र समस्याहरु बुझन सक्दैनन्, परिणामस्वरूप बालबालिकाहरुले पूर्ण निर्देशन नपाएको महसुस् गर्दछन् | यस्तो किसिमको प्रतिकुल वातावरणमा बालबालिकाहरुले अभिभाबकलाई आफ्नो भावनाहरु खुलेर भन्न सक्दैनन् |
  • अर्को तर्फ अभिभाबकहरुको समयको व्यस्तताले गर्दा पनि बालबालिकालाई समय दिन नपाई उनीहरुसंग भएका क्षमता, चाहना र मुल्यहरु पत्ता लगाउन सक्दैनन् |
  • केही अभिभावकहरुले समाजले उच्च दर्जा दिएका केही पेशाहरु, डाक्टर, पाइलट, इन्जिनियर, नर्स जस्ता पेशाहरु आफ्ना बालबालिकाले गरुन भन्ने चाहन्छन् र यी पेशाहरु गर्नको लागि आग्रह गर्दछन् तर प्रत्येक बालबालिकाहरु एकआपसमा फरक क्षमता, इच्छा र मुल्यहरु बोकेका हुदा यी पेशाहरुमा मात्र सन्तोषजनक करियर प्राप्त गर्न सक्दैनन् |

यी कुराहरुले गर्दापनि अभिभावक र बालबालिका बीचको दुरी बढ्न जान्छ |

समाधानका उपायहरु के हुन सक्छन् ?

बालबालिकाहरुलाई यो काम गर्न सक्दैनस, यो नगर-त्यो नगर जस्ता निरासाजनक वाक्यहरु प्रयोग गर्नु भन्दा उनीहरुमा रहेका तर पत्ता लगाउन नसकेका इच्छा, क्षमता र मूल्यहरूको खोजि गरि सो अनुसार करियर निर्णय गर्न सघाउनु नै सफल भविष्य निर्माणको लागि अर्थपूर्ण कदम हुन सक्छ | यदि बालबालिकाहरुको बढ्दो उमेरको क्रममा देखा पर्ने शारीरिक तथा मानसिक परिवर्तनको साथै करियर तथा शैक्षिक निर्णय सम्बन्धि समस्या र अन्य तनावलाई सुमधुर वातावरण सिर्जना गराई सुल्झाउन नसकेको अवस्थामा व्यावसायिक करियर परामर्शकर्ताको सहयोग लिनु धेरै उपयोगी हुन्छ | करियर परामर्शकर्ताहरुले संरचनात्मक तवरबाट शिक्षा तथा करियर सम्बन्धि विभिन्न सल्लाह दिनुको साथै विभिन्न करियर सम्बन्धि कार्यशाला र क्रियाकलापहरु मार्फत तपाईको बालबालिकामा भएको इच्छा, क्षमता र मूल्यहरू पत्ता लगाई सो अनुसार करियर छनोटमा सहयोग गर्दछन् | साथै नेपालमा ३०० भन्दा बढी पेशाहरु उपलब्ध छन् | जसलेगर्दा बालिकाहरुले व्यक्तित्व सुहाउदो पेशा छनोट गर्दा धेरै पेशाबाट आफ्नो व्यक्तित्व, इच्छा, क्षमता सुहाउदो पेशा छनोट गर्न सक्दछन् |

बालबालिकाको सफल भविष्यको लागि के गर्ने, कसरि गर्ने भनि चिन्तित भएर समय विताउनु भन्दा पनि सो समय बालबालिका संग समभावपूर्ण संचार गरि व्यक्तित्व सुहाउँदो शिक्षा र करियर छनोटमा सहयोग गर्नु पर्दछ | अभिभावकहरुले बालबालिकाहरुको सुमधुर भविष्यको निर्णय गर्न सघाउनको लागि योजनाबद्ध रुपमा निर्माण भएका व्यक्तित्व मुल्यांकन पनि गराउन सक्दछन् | जहाँ ‘करियर दिशा नेपाल’ सम्पूर्ण करियर परामर्श प्रदान गर्ने निकाय हो | जसले तपाईको बालबालिकाहरुसंग छलफल गरि, करियर सम्बन्धि विभिन्न क्रियाकलापहरु गराई, उनीहरुमा रहेका इच्छा, क्षमता र मूल्यहरू पत्ता लगाउन सघाउछ | साथै नेपालमा उपलब्ध श्रम बजारको जानकारी दिलाउछ | त्यसैले, तपाई आफ्नो बालबालिकामा प्राकृतिक रुपमा नै रहेको क्षमता पहिचान गर्नको लागि सचेत रहनु पर्दछ | एक्काईसौं सताब्दी भनेको विकल्पहरुको संसार हो जसले प्रत्येक बालबालिकाहरुको फरक सपनाहरु पुरा गर्ने अवसर प्रदान गरेको छ | त्यसैले आफ्नो बालबालिकाहरुलाई सहि करियर छनोट गर्न सहयोग गर्नुहोस् र उत्प्रेरणा दिनुहोस् जसको अर्थ विमान गन्तव्य स्थलमा पुग्नको लागि इन्जिन जडान गरे सरह हो |

[:]